Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • दोधारा चाँदनी झोलुङ्गे पुलमा लडेर एक वृद्धाको मृत्यु

    दोधारा चाँदनी झोलुङ्गे पुलमा लडेर एक वृद्धाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १० मंसिर २०७९
  • 729
    SHARES

    धनगढी । कञ्चनपुरमा पुलमा लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लास्थित दोधराचाँदनी झोलुङ्गे पुलमा लडेर एक वृद्धाको मृत्यु भएको हो ।

    पुलको फलामे पट्टामा खुट्टा अड्किएर खसेकी दोधाराचाँदनी नगरपालिका–७ की ७० वर्षीया अमृता मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।



    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उनको घटनास्थलमै मृत्यु भएको थियो ।



    महाकाली नदीमा निर्माण भएको दक्षिण एसियाकै दोस्रो लामो मानिने उक्त झोलुङ्गे पुल जीर्ण अवस्थामा पुगेकाले जोखिम बढेको प्रहरीले बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार