Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • डिडिसिएसँगको दोस्रो अभ्यास खेलमा नेपाल विजयी

    डिडिसिएसँगको दोस्रो अभ्यास खेलमा नेपाल विजयी

    अनलाइन नेपाल
  • शनिबार, १० मंसिर २०७९
  • 708
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले भारतको दिल्ली जिल्ला क्रिकेट एसोसिएसन (डिडिसिए)विरुद्धको दोस्रो अभ्यास खेलमा जित निकालेको छ । दिल्लीस्थित अरुन जेट्ली क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले डिडिसिएलाई ६ विकेटले पराजित गरेको हो ।

    डिडिसिएले दिएको एक सय ५९ रनको विजय लक्ष्य पछ्याएको नेपालले २८।२ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । नेपालको जितमा ज्ञानेन्द्र मल्लले अविजित ४८ रन बनाए ।



    आसिफ शेखले ३०, अर्जुन साउदले २८ र कप्तान रोहित कुमार पौडेलले २४ रन बनाएका थिए । बलिङमा डिडिसिएका लागि सिद्धान्त शर्मा, रवि रोशन, पर्थ वाडर र ध्रुव चौहानले एक एक विकेट लिए ।



    यसअघि पहिलो ब्याटिङ गरेको डिडिसिएको ४०।५ ओभरमा सबै विकेटको क्षतिमा एक सय ५८ रन बनाएको थियो । डिडिसिएका लागि काव्य गुप्ताले अविजित ३४ रन हाने । सलिल मल्होत्राले ३१, कप्तान वैभव शर्माले २६, कनभ गम्भीरले २१ र पर्थ वाडहाराले १३ रन बनाए ।

    बलिङमा नेपालका सागर ढकालले पाँच विकेट लिए । कुशल भुर्तेलले दुई तथा हरिशंकर शाह, ललित नारायन राजवंशी र सोमपाल कामीले एक एक विकेट झारे ।

    यसअघि बिहीबार भएको पहिलो खेलमा नेपाल (डिडिसिए) सँग दुई विकेटले पराजित भएको थियो । नेपालले आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबिया भ्रमणको तयारीका लागि डिडिसिएसँग अभ्यास खेल खेलेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार