Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • स्थायी विकल्पबिना संरचना नहटाउन माग गर्दै विरोध प्रदर्शन

    स्थायी विकल्पबिना संरचना नहटाउन माग गर्दै विरोध प्रदर्शन

    अनलाइन नेपाल
  • बुधबार, १४ मंसिर २०७९
  • 612
    SHARES

    काठमाडौं । थापाथलीस्थीत बाग्मती किनारमा रहेको सुकुम्बासी बस्ती काठमाडौं महानगरपालिकाले स्थायी विकल्प बिना जबरजस्ती हटाउन खोजेको भन्दै केही संघसंस्थाहरुले विरोध जनाएका छन् ।

    बुधबार संयुक्त राष्ट्र सुकुम्बासी मोर्चा र नेपाल महिला एकता समाजले संयुक्त रुपमा खबरदारी कार्यक्रमको आयोजना गरेका हुन् ।



    उचित व्यवस्थापन बिना बस्ती हटाउन नहुने उनीको तर्क छ । विरोध र्याली भृकुटीमण्डपबाट सुरु भएर पुतली सडक, बागबजार, रत्नपार्क हुदै भद्रकाली, माइतीघरबाट सुकुम्बासी बस्तीमा पुगेको थियो ।



    सोमबार महानगरको नगरप्रहरी टोली थापाथलीस्थित प्रसूतिगृह पछाडिको सुकुम्बासी बस्तीमा डोजरसहित पुगेको थियो । नगरप्रहरीमाथि ढुंगामुडा प्रहार हुँदा डोजर चल्न सकेन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार