Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ग्रेडरको ठक्करबाट विद्यालय जाँदै गरेकी एक बालिकाको मृत्यु,धनगढी तनावग्रस्त

    ग्रेडरको ठक्करबाट विद्यालय जाँदै गरेकी एक बालिकाको मृत्यु,धनगढी तनावग्रस्त

    अनलाइन नेपाल
  • बिहिबार, १५ मंसिर २०७९
  • 1.7K
    SHARES

    धनगढी । धनगढीमा ग्रेडरले साइकललाई ठक्कर दिँदा भएको दुर्घटनामा बालिकाको मृत्यु भएको छ ।

    धनगढी उपमहानगरपालिका–५ स्थित हसनपुर पिपल चौतारा सडक खण्डमा बिहीबार बिहान कालिका कन्ट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिँदा १५ वर्षीया चेतना साउदको मृत्यु भएको हो।



    पञ्चोदय माध्यमिक विद्यालय हसनपुरमा ८ कक्षामा अध्ययनरत बालिका साउदको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।



    बालिका साइकलमा स्कुल जाँदै गर्दा सडकको लेबल मिलाउँदै गरेको अवस्थामा ब्याक गर्ने क्रममा ठक्कर दिएको थियो ।

    ग्रेडर चालक चितवनको भरतपुर महानगरपालिका–२८ का २७ वर्षीय बिमल कुमाल र ग्रेडर प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको विरोधमा स्थानीयले प्रदर्शन गरिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार