Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • नेपालले नामिबियालाई दियो १९८ रनको लक्ष्य, ज्ञानेन्द्रको कीर्तिमानी अर्धशतक

    नेपालले नामिबियालाई दियो १९८ रनको लक्ष्य, ज्ञानेन्द्रको कीर्तिमानी अर्धशतक

    अनलाइन नेपाल
  • शुक्रबार, १६ मंसिर २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । विश्वकप क्रिकेट लिग-२ को त्रिदेशीय शृंखलाको पहिलो खेलमा नेपालले नामिबियालाई एक सय ९८ रनको लक्ष्य दिएको छ ।

    वान्डेरेर्स क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९ ओभर ५ बलमा सबै विकेट गुमाएर एक सय ९७ रन बनायो । नेपालका लागि ज्ञानेन्द्र मल्लले ७५ रन बनाए ।



    यस्तै आरिफ शेखले २३, आसिफ शेखले २० रन बनाए । बलिङतर्फ नामिबियाका तानगेनी लुङ्गामेनीले तीन र कार्ल बिरकेनस्टकले दुई विकेट लिए ।



    आजको अर्धशतकसँगै ज्ञानेन्द्र नेपालबाट एकदिवसीयमा छ वटा अर्धशतक बनाउने पहिलो खेलाडी बनेका छन् । उनीपछि आसिफ शेख र रोहित पौडेलले पाँचरपाँच वटा अर्धशतक बनाएका छन् ।

    यो शृङ्खलामा घरेलु टोली नामिबियासहित नेपाल र स्कटल्यान्ड सहभागी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार