Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • आईसीसी विश्वकप क्रिकेट लिग २

    पहिलो खेलमा नामिबियासँग पराजित नेपालले घरेलु मैदानमै दुई अंक गुमायो

    पहिलो खेलमा नामिबियासँग पराजित नेपालले घरेलु मैदानमै दुई अंक गुमायो

    अनलाइन नेपाल
  • बिहिबार, ३ फाल्गुन २०८०
  • 780
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ को पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको छ । नेपालले दिएको १३३ रनको सामान्य लक्ष्य नामिबियाले ६ विकेट गुमाएर ३३.१ ओभरमा भेट्टायो ।

    नेपालका सोमपाल कामीले ३, ललित राजवंशीले २ र कप्तान रोहित पौडेलले १ विकेट लिए । नामिबियासँगको हारपछि नेपालले घरेलु मैदानकै खेलबाट महत्वपूर्ण दुई अंक गुमाएको छ ।



    २०२० देखि ओडीआई खेल्दै आएको नेपालको घरेलु मैदान कीर्तिपुरमा अहिलेसम्मकै कम स्कोर बनाउने क्रममा ४१.१ ओभरमा १० विकेट गुमाएर १३२ रन बनाएको थियो ।



    समग्रमा यो नेपालको सातौं कम योगफल हो । यो खेलमा नेपालका भीम सार्कीले सर्वाधिक ४४ रन बनाउँदा नामिबियाका कप्तान जेराल्ड इरास्मसले ५ विकेट लिए ।

    कम स्कोरको इतिहास
    यसअघि ओडीआईमा नेपालको कीर्तिपुरमा सबैभन्दा कम योगफल २०२० मा ओमान र २०२२ मा युएईविरुद्ध १७९ रन थियो ।

    नेपालको ओडीआई इतिहासकै सबैभन्दा कम योगफल भने २०२२ मार्चमा दुबईमा युएईसँग १०३ रन थियो । २०२३ को एसिया कपमा पाकिस्तानसँग मुल्तानमा १०४ रनमा नेपाल अल आउट भएको थियो ।

    २०१९ मा दुबईमा नेपाल युएईसँग ११३ रनमा अल आउट भएको थियो । विन्डहोकमा २०२२ मा स्कटल्यान्डसँग ११९, दुबईमा २०२२ मा युएईसँग १२० तथा २०२२ जुलाईमा स्कटल्यान्डसँग १२८ रनमा अल आउट भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार