Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • नेपाललाई अर्को सफलता, ललितनारायणले लिए नामिबियाको सातौं विकेट

    नेपाललाई अर्को सफलता, ललितनारायणले लिए नामिबियाको सातौं विकेट

    अनलाइन नेपाल
  • बुधबार, ९ फाल्गुन २०८०
  • 786
    SHARES

    काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याएको नामिबियाले सातौं विकेट गुमाएको छ।

    नेपालका लागि ललितनारायण राजवंशीले सातौं विकेट लिए। उनले नामिबियाका जान ग्रिनलाई ६ रनमा बोल्ड गरे।



    छैटौं विकेट कुशल भुर्तेलले लिएएका थिए । भुर्तेलले आफ्नो लगातार दोस्रो ओभरमा विकेट लिए । उनले व्यक्तिगत दोस्रो विकेटका रुपमा जान निकोल लफ्टी इटनलाई आउट गरे ।



    नेपालका लागि छैटौं विकेट कुशल भुर्तेलले लिए। उनले नामिबियाका जान निकोललाई ५ रनमा आसिफ शेखबाट क्याच गराए।त्यतिबेला नामिबियाले २८.४ ओभरमा ६ विकेट गुमाउँदा ११८ रन जोडेको थियो।

    त्यसअघि पाँचौ विकेट कुशल भुर्तेलले नै लिए। उनले नामिबियाका कप्तान जेराल्ड इरासमसलाई ५२ रनमा करण केसीबाट क्याच गराए।

    दीपेन्द्रसिंह ऐरीले चौथो विकेट लिए। उनले जान फ्राइलिंकलाई ४ रनमा एलबिडब्लूको धरापमा पारे।

    कुशल मल्लले तेस्रो विकेट लिए। उनले आफ्नो स्पेलको पहिलो बलमै विकेट लिने क्रममामिकेल भानलाई ३१ रनमा विकेटकिपर आसिफ शेखबाट स्टपपिन गराए।

    त्यसअघि नामिबियाले पाँच ओभरभित्र दुई विकेट गुमाएको थियो । निकोलास डिभन १.४ ओभरमा ८ रनमा रनआउटको सिकार भए।

    त्यस्तै ४.१ ओभरमा नेपालका कप्तान रोहित पौडेलले नामिबियाका जेपी कोट्जेलाई ३ रनमा बोल्ड गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार