Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • आईसीसी विश्वकप लिग–२ : यूएईमाथि पीएनजीको फराकिलो जित

    आईसीसी विश्वकप लिग–२ : यूएईमाथि पीएनजीको फराकिलो जित

    अनलाइन नेपाल
  • मंगलबार, १६ फाल्गुन २०७९
  • 543
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा पपुवा न्युगिनीले यूएईलाई पराजित गरेको छ ।

    पीएनजीले घरेलु टोली यूएईलाई १३१ रनले पराजित गरेको हो । पीएनजीले दिएको २६३ रनको लक्ष्य पछ्याएको यूएई ३४ ओभर २ बलमा १३१ रन बनाउँदा अलआउट भयो ।



    यूएईका लागि मुहम्मद वसीले सर्वाधिक २४ रन बनाए । बलिङतर्फ पीएनजीका चाद सोपरले ५ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको पीएनजी ४९ ओभर १ बलमा २ सय ६२ रन बनाउँदा अलआउट भयो ।



    पीएनजीका लागि सेसे बाउले ७४ र टोनी उराले ५१ रन बनाए । बलिङतर्फ यूएईका कार्तिक मय्प्पनले ४ र आर्यन लाक्राले ३ विकेट लिए । शृङ्खलामा पीएनजी, यूएई र नेपाल सहभागी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार