Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नामिबियाले स्कटल्यान्डलाई दियो १५४ रनको लक्ष्य

    नामिबियाले स्कटल्यान्डलाई दियो १५४ रनको लक्ष्य

    अनलाइन नेपाल
  • बुधबार, ३ फाल्गुन २०७९
  • 786
    SHARES

    काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डलाई नामिबियाले १ सय ५४ रनको लक्ष्य दिएको छ।

    टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ३९.२ ओभरमा अलआउट भएर १ सय ५३ रन बनाएको हो ।



    नामिबियाका लागि लोह्यान्डरी लोरेन्स ५४ रनमा आउट हुँदा बेर्नाड स्कोल्टेजले ३० रन बनाए ।



    जान ग्रिनले २५ रन बनाउँदा प्रिन्कि फ्रान्सले ११ रन बनाए । कप्तान ग्रेहार्ड इरास्मस र जान निकोल शुन्य रनमा आउट भए ।

    स्कटल्याण्डका मिचेल लेक्सले ४ तथा सफियान सरिफ र मार्क वाटले समान ३/३ विकेट लिए । यस्तै सफयान शरिफ, र मार्क वाटले तीन–तीन विकेट लिए।

    मंगलबारदेखि सुरु भएको शृंखलाको पहिलो खेलमा नेपालसँग नामिबिया दुई विकेटले पराजित भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार