Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • आईसीसी विश्वकप लिग–२ : नामिबिया र स्कटल्यान्ड खेल्दै

    आईसीसी विश्वकप लिग–२ : नामिबिया र स्कटल्यान्ड खेल्दै

    अनलाइन नेपाल
  • बुधबार, ३ फाल्गुन २०७९
  • 801
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नामिबिया र स्कटल्याण्ड खेल्दैछन् । यो खेल कीर्तिपुर मैदानमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।

    आजको खेलमा नामिबिया पहिलो जितको खोजिमा हुनेछ । नामिबिया पहिलो खेलमा नेपालसँग २ विकेटले हारेको थियो । यता सिरिजको पहिलो खेल खेल्न लागेको स्कटल्याण्ड सहज जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा छ ।



    नामिबिया र स्कटल्याण्डले खेलेका पछिल्ला चार एकदिवसीय अन्तराष्ट्रिय खेलमा तीन खेलमा स्कटल्याण्ड विजयी हुँदा एक खेलमा नामिबिया विजयी भएको छ ।



    विश्वकप लिग टू मा स्कटल्याण्ड ३२ खेलमा ४६ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा छ । यता नामिबिया ३१ खेलमा ३७ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार