Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • आईसीसी विश्वकप लिग-२ : स्कटल्याण्डसँग भिड्दै नामिबिया

    आईसीसी विश्वकप लिग-२ : स्कटल्याण्डसँग भिड्दै नामिबिया

    अनलाइन नेपाल
  • सोमबार, ८ फाल्गुन २०७९
  • 546
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत काठमाडौंमा जारी त्रिकोणात्मक एक दिवसीय श्रृंखलामा सोमबार नामिबिया र स्कटल्याण्ड भिड्ने भएका छन् ।

    खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ । जारी त्रिकोणात्मक सिरिजमा नामिबिया पहिलो जितको खोजीमा छ।



    यसअघि खेलेका तीनवटै खेलमा हार बेहोरेको नामिबिया स्कटल्याण्डलाई हराएर नेपाल भ्रमणको सुखद् अन्त्य गर्ने पक्षमा छ ।



    नामिबियाले नेपालसँगका २ वटै खेलमा पराजय भोग्यो । यस्तै, स्कटल्याण्डसँगको यसअघि खेलमा पनि १० विकेटले पराजित भएको थियो । किर्तीपुरमा जारी श्रृंखलामा नामिबियाले नेपालसँग दुई तथा स्कटल्याण्डसँगको एक खेलमा पराजित भइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार