Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • स्याङ्जा २ मा धनराज गुरूङको फराकिलो अग्रता

    स्याङ्जा २ मा धनराज गुरूङको फराकिलो अग्रता

    अनलाइन नेपाल
  • शनिबार, १७ मंसिर २०७९
  • 681
    SHARES

    फाइल फोटो

    काठमाडौं । स्याङ्जा-२ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले अग्रतालाई फराकिलो बनाएका छन्।

    जारी मतगणनामा गुरूङले २५ हजार ६ सय ५३ मत ल्याएका छन् भने एमाले सचिव पद्मा अर्यालले २२ हजार २ सय १३ मत ल्याएकी छन्।



    चापाकोट नगरपालिकाका-३ को मत गणना सकिएको छ । उक्त वडामा प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले १४२६ मत पाएका छन् ।



    त्यस्तै नेकपा एमालेकी पद्मा अर्यालको १०३ मत पाएकी छन् । यो वडामा अर्यालभन्दा गुरुङ १३२३ मतले अगाडि छन् । त्यसैगरी प्रदेशमा त्यसरी नै मत परिणाम आएको छ ।

    प्रदेशसभा २ मा नेपाली कांग्रेसका उम्मेदवार महेश भट्टराईलाई पनि १४२६ मत आएको छ । नेकपा एमालेका बुद्धिमान श्रेष्ठले १०३ मत पाएका छन् ।

    यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरूङले ७ हजार ६ सय १० मत ल्याएका छन्। चापाकोट नगरपालिकाका वडा नम्बर ३,४ र ५ मा बुथ क्याप्चर भएको भन्दै एमालेले पुनस् मतदानको माग गरेपनि निर्वाचन आयोगले पुनस् मतदान नगर्ने निर्णय गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार