Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कानुनमन्त्री गुरूङको स्वास्थ्यमा क्रमिक सुधार

    कानुनमन्त्री गुरूङको स्वास्थ्यमा क्रमिक सुधार

    अनलाइन नेपाल
  • शुक्रबार, २६ साउन २०८०
  • 531
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ।

    बिहीबार बिहान एक्कासि रक्तचाप घटेपछि महराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका गुरूङको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको हो।



    मन्त्री गुरूङका स्वकीय सचिव प्रेमप्रकाश केसीका अनुसार गुरूङको मुटुको चाप तलमाथि भइरहेकाले ‘हल्टर मनिटर’ लगाएर ‘अब्जर्भेसन’ भइरहेको छ।



    मन्त्री गुरूङको हाल मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्प्लान्ट सेन्टरका निर्देशक डा. रत्नमणि गजुरेल नेतृत्वको टोलीले उपचार गरिरहेको छ। रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार