Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कांग्रेस उपसभापति गुरूङले भने – प्रचण्डलाई एमालेको काँधबाट झार्नतिर हामी लाग्दैनौं

    कांग्रेस उपसभापति गुरूङले भने – प्रचण्डलाई एमालेको काँधबाट झार्नतिर हामी लाग्दैनौं

    अनलाइन नेपाल
  • मंगलबार, २२ फाल्गुन २०८०
  • 510
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एमालेको काँधबाट झार्नतिर नलाग्ने बताएका छन्।

    बूढानिलकण्ठमा अपराह्न केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि बोल्दै उपसभापति गुरूङले यस्तो बताएका हुन् ।



    उपसभापति गुरूङले कांग्रेस र एमाले मिल्ने सम्भावना नरहेको दाबी गरे।



    उपसभापति गुरूङले भने, ‘अहिले भर्खर त प्रचण्डजी हाम्रो काँधबाट एमालेको काँधमा चढ्नुभएको छ। फेरि उहाँलाई काँधबाट झारे एमाले र हामी मिलौं भन्ने कुरा त भएन। यो नैतिकताले पनि दिँदैन। हामी त्यस्तो अनैतिक काम गर्दैनौं।’

    उपसभापति गुरूङले अब कांग्रेस प्रतिपक्षमा बस्ने पनि बताए। समयको मागअनुसार यसअघि प्रचण्डलाई काँध थापेको उनले बताएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार