Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • महोत्तरीमा एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते

    महोत्तरीमा एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते

    अनलाइन नेपाल
  • सोमबार, १९ मंसिर २०७९
  • 612
    SHARES

    फाइल तस्विर

    काठमाडाैं । महोत्तरीमा एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

    जिल्लाको मनराशिस्वा नगरपालिका–३ मा आइतबार राति एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते भएका प्रहरीले जनाएको छ ।



    जनकपुरबाट पर्सातर्फ जाँदै गरेको अस्थायी नम्बर प्लेटको एम्बुलेन्स पल्टिएको थियो । हाल घाइतेहरूको जानकी एकेडेमी अस्पतालमा उपचार भइरहेको छ ।



    घाइतेमध्ये महोत्तरीकै रामगोपालपुर ९ की २४ वर्षीया विनीता देवीको अवस्था गम्भीर रहेको महोत्तरी प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार