Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • चितामा आगो लगाउने क्रममा जलेर दुई मलामी घाइते

    चितामा आगो लगाउने क्रममा जलेर दुई मलामी घाइते

    अनलाइन नेपाल
  • शनिबार, २६ फाल्गुन २०८०
  • 1.5K
    SHARES

    फाइल तस्विर

    तनहुँ । तनहुँको देवघाट गाउँपालिका-२, दराइटारमा चितामा आगो लगाउने क्रममा शुक्रबार जलेर दुई मलामी घाइते भएका छन्।

    सोही ठाउँ बस्ने ७४ वर्षीय रनबहादुर दर्लामीको मृत्यु भई दाहसंस्कार गर्न धार्मिक परम्पराअनुसार दोमासे परेको भनी कालीगण्डकी नदी किनारमा कुशको लास बनाई कुशको चितामा पेट्रोल हाली आगो सल्काउने क्रममा दुई जना घाइते भएको प्रहरीले जनाएको छ।



    पेट्रोलको लप्काबाट निस्केको आगोले जलेर देवघाट गाउँपालिका–२ डिगाउँ बस्ने ५२ वर्षीय नरबहादुर चितौरे र २७ वर्षीय लक्ष्मण सारु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए।



    घाइते दुवै मलामीको चितवनस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ। रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार