Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • लेटाङमा भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक जना घाइते

    लेटाङमा भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक जना घाइते

    अनलाइन नेपाल
  • बिहिबार, २१ बैशाख २०८०
  • 615
    SHARES

    विराटनगर । मोरङको लेटाङमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

    सिंहदेवीबाट लेटाङ बजारतर्फ आउँदै गरेको मे १ ज १११५ नम्बरको भ्यान अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।



    दुर्घटनामा परेर मृत्यु हुनेमा धनकुटा चौबिसे गाउँपालिका– ८ आईतबारे निवासी चन्द्रमाया लिम्बु  र भारत आसामका तपन ठकुरी रहेका छन् ।



    दुर्घटनामा गम्भीर घाइतेको धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । भ्यान सडकबाट करिब २०० मिटर तल खसेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार