Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • माइक्रो बसले ठक्कर दिँदा ६ जना घाइते, एकको अवस्था गम्भीर

    माइक्रो बसले ठक्कर दिँदा ६ जना घाइते, एकको अवस्था गम्भीर

    अनलाइन नेपाल
  • बुधबार, २७ मंसिर २०८०
  • 2K
    SHARES

    काठमाडौं । काठमाडौं मल अगाडि माइक्रो बसले ठक्कर दिँदा ६ जना घाइते भएका छन् ।

    बौद्ध–जोरपाटी रुटमा चल्ने बा१ज ६११८ नम्बरको माइक्रो बसले उनीहरूलाई ठक्कर दिएको हो ।



    सो अनियन्त्रित माइक्रो बसले ठक्कर दिँदा बस कुरेर सडक किनारामा बसेका यात्रु घाइते भएका हुन ।



    घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ भने अवस्था सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

    दुर्घटना लगतै घाइतेलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ । माइक्रो बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार