Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • प्रहरीको गोली लागेर एकजना घाइते

    प्रहरीको गोली लागेर एकजना घाइते

    अनलाइन नेपाल
  • बुधबार, २९ चैत्र २०७९
  • 996
    SHARES

    फाइल तस्विर

    काठमाडौं । रौतहटमा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन् ।

    गरुडा नगरपालिकाको गरुडा बजारमा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा गोली लागि वडा नम्बर ५ का २२ वर्षीय गजेन्द्र यादव घाइते भएका हुन् ।



    जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार हातमा गोली लागेका यादवको उपचार भइरहेको छ । चार जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।



    गरुडा बजारमा स्थिति तनावग्रस्त बनेपछि प्रहरीले १६ राउन्ड अश्रु ग्यास तथा गोली प्रहार गरेको छ । मेयरका उम्मेदवार रहेका दीपक यादवको टोलीले गरुडा नगरपालिकाको कार्यालयमा ताल्चा लगाउन खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार