Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रधानमन्त्री देउवा महापुराण यज्ञमा सहभागी

    प्रधानमन्त्री देउवा महापुराण यज्ञमा सहभागी

    अनलाइन नेपाल
  • सोमबार, १९ मंसिर २०७९
  • 648
    SHARES

    काठमाडौं। प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सन्तनेता कृष्णप्रसाद भट्टराईको ९८ औं जन्मोत्सवको अवसर पारेर आयोजित भागवत महापुराण यज्ञमा सहभागी भएका छन्।

    सोमबार ललितपुरको बाँडेगाउँस्थित सन्तनेता स्वर्गीय भट्टराईको निवासमा आयोजित सो महायज्ञमा प्रधानमन्त्री देउवा सहभागी भएका हुन्।



    त्यस अवसरमा उनले महायज्ञमा पूजापाठ गरी प्रसाद ग्रहण गरेका छन् भने सन्त नेता भट्टराईको शालिकमा माल्यार्पण समेत गरे।



    महायज्ञमा नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का, पूर्वमन्त्री शरदसिंह भण्डारीलगायतका नेताहरूको उपस्थिति रहेको थियो।

    नेपाली काँग्रेसका संस्थापक नेता, पूर्वप्रधानमन्त्री एवं नेपालको पहिलो सभामुख भट्टराईलाई नेपाली राजनीतिका सादा जीवन र उच्च विचारको नेताको रुपमा लिइन्छ। उनको राजनीतिसँगै आध्यात्मिक क्षेत्रमा पनि विशेष रुचि रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार