Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • सशस्त्र प्रहरी जवान कोलीको बयान : मायाले प्रेममा धोक दिएपछि हत्या गरे

    सशस्त्र प्रहरी जवान कोलीको बयान : मायाले प्रेममा धोक दिएपछि हत्या गरे

    अनलाइन नेपाल
  • सोमबार, १९ मंसिर २०७९
  • 1.4K
    SHARES

    धनगढी । घाँटी रेटी हत्या गरिएकी बैतडीको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न सशस्त्र प्रहरीका जवान भरतराम कोलीले ‘प्रेममा धोक पाएपछि हत्या गरेको’ प्रहरीलाई बताएका छन् ।

    शिवनाथ गाउँपालिका–६ मालुहारमा घाँटी रेटेर हत्या गरेको अवस्थामा भेटिएकी मायाको हत्या गरेको आरोपमा पक्राउ परेका कोलीले बयानका क्रममा यस्तो बताएका हुन् ।



    सशस्त्र प्रहरीका जवान कोलीलाई प्रहरीले मङ्सिर १८ मा महेन्द्रनगरबाट पक्राउ गरेको थियो । प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा म्यादी प्रहरीको बर्दीमा चुनावको सुरक्षामा खटिएकी २१ वर्षीया माया र भरतराम प्रेममा थिए ।



    प्रेमीकाको मोबाइल चेक गर्दा अन्यसँग कुरा हुने गरेको थाहा पाएपछि भरतरामले हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

    बैतडीको शिवनाथ गाउँपालिका–४ का घर भएका भरतराम प्रेमिकाको हत्यापछि भागेर महेन्द्रनगर गएका थिए । प्रेमको विषयमा विवाद हुँदा प्रेमिकासँगै आएकी नेहा लुहारलाई पनि भरतरामले आक्रमण गरेर मरणासन्न बनाएका छन् ।

    भरतरामको आक्रमण गम्भीर घाइते भएकी नेहाको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ ।आरोपीले चक्कुले घाँटी रेटेर मायाको हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

    तर, सो चक्कु मायाले नै लिएर घटनास्थलमा गएको आरोपीले जिकिर गरेका छन् । प्रहरीसँगको बयानमा आरोपीले भनेका छन्–‘चक्कु उनैले ल्याएकी थिइन्, अरू केटासँग मोबाइलमा फोन सम्पर्क देखेपछि रिस उठ्यो ।’

    भरतराम सशस्त्र प्रहरीको हुलदङ्गा तालिम व्यवस्थापन शिक्षालय पोखरामा कार्यरत थिए । लोहार हत्याबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार