Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • मायाका हत्या आरोपी सशस्त्र प्रहरी जवान कोली महेन्द्रनगरबाट पक्राउ

    मायाका हत्या आरोपी सशस्त्र प्रहरी जवान कोली महेन्द्रनगरबाट पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १८ मंसिर २०७९
  • 1.4K
    SHARES

    धनगढी । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडाकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न भएको आरोपमा सशस्त्र प्रहरीका जवान भरत कोलीलाई प्रहरीले पक्राउगरेको हो ।

    कोलीलाई कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरिएको हो । हत्या आरोप लागेका शिवनाथ गाउँपालिका–४ बस्ने २७ वर्षीय कोली घटनापछि फरार रहेका थिए ।



    मृतक किशोरीका आफन्तले कोलीको नाममा किटानी जाहेरी दिएका थिए । मायाको गत बुधबार दिउँसो शिवनाथ गाउँपालिका–६ शिवनाथ मन्दिर नजिकै घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो ।



    यस्तै सोही ठाउँकी १५ वर्षीया नेहा लुहार घाँटीमा धारिलो हतियार प्रयोग गरेर गम्भीर घाइते अवस्थामा भेटिएकी थिइन् । भरत र मायाको पहिलादेखि नै फोन सम्पर्क भइराख्ने खुल्न आएको छ ।

    प्रेमसम्बन्धमा रहेका माया र भरतको बिहे गर्ने समेत तयारी थियो । माया हालै सम्पन्न निर्वाचनमा म्यादी प्रहरीसमेत रहेकी थिइन् । प्रहरीले घटनास्थलबाट मायाको मोबाइल, चक्कुलगायत सामग्री बरामद गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार