Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश

    दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश

    मनाङे भन्छन् - राजनीति कमाउनका लागि होइन

    अनलाइन नेपाल
  • सोमबार, १९ मंसिर २०७९
  • 612
    SHARES

    पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे (राजीव गुरुङ) नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । मनाङ (ख) बाट निर्विरोध निर्वाचित मनाङे माधवकुमार नेपाल नेतृत्वको पार्टीमा प्रवेश गरेका हुन् ।

    मनाङेलाई सत्ता गठबन्धन र नेकपा एमालेले आफ्नो पक्षमा ल्याउनको लागि मनाङ (ख) मा उमेदवार नै उठाएका थिएनन् । अन्ततः स्वतन्त्र निर्वाचित भएका मनाङे एकीकृत समाजवादी प्रवेश गरे ।



    आज सोमबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कृष्णकुमार श्रेष्ठ (किसान) लगायत नेताहरूसँगको सामूहिक तस्बिर सार्वजनिक गर्दै आफू उक्त पार्टीमा प्रवेश गरेको जानकारी गराए ।



    सामाजिक सञ्जाल फेसबुकमा उनले विज्ञप्ति जारी गर्दै उनले आफू एकीकृत समाजवादी प्रवेश गरेको उल्लेख गरेका छन् । मनाङेले समाजवादी प्रवेश गर्दैै आफू गठबन्धकै पक्षमा रहेको पनि प्रष्ट पारे ।

    गुरुङले पार्टीमा प्रवेश गरेपछि राजनीति कमाउनका लागि होइन सेवाभावले निःस्वार्थ रूपमा जनताप्रति समर्पित भएर गरिने कार्य रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार