Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एमाले विदेश विभाग प्रमुख भट्टराईले भने – महाकाली नदी नेपाल-भारतको सीमा हो, एकलौटी संरचना बनाउन मिल्दैन

    एमाले विदेश विभाग प्रमुख भट्टराईले भने – महाकाली नदी नेपाल-भारतको सीमा हो, एकलौटी संरचना बनाउन मिल्दैन

    अनलाइन नेपाल
  • मंगलबार, २० मंसिर २०७९
  • 618
    SHARES

    काठमाडौं । नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले महाकाली नदीमा भारतले एकलौटी रुपमा अगाडि बढाएको कामलाई रोक्न सरकारसँग माग गरेका छन् ।

    महाकाली नदीको धार नै परिवर्तन हुने गरी भारतीय पक्षले लगाएको पर्खालको विषयमा सरकारको मौनताप्रति भट्टराईले प्रश्न उठाएका हुन् ।



    महाकाली नदी नेपाल र भारतको सीमा भएकाले भारतले नेपालाई असर पर्ने गरी एकपक्षीय रुपमा संरचना बनाउन नमिल्ने भट्टराईले बताए ।



    उनले फेसबुकमा लेखेका छन्, ‘महाकाली नदी सीमा नदी हो । सिमानामा बनाउने संरचनाले अर्कातिर असर गर्छ भने एकपक्षीय रुपमा बनाउन मिल्दैन ।

    नदीको धार नै परिवर्तन हुने गरी महाकालीमा जे भइरहेको छ यो तत्काल रोकी यस मामलामा द्विपक्षीय वार्ता गरी सहमति खोजियोस् । यो मामला संघीय सरकारको भएकोले केन्द्रबाट नै पहल हुनुपर्छ ।’

    नदीको धार नै परिवर्तन हुने गरी महाकालीमा भइरहेको कामलाई रोकेर द्विपक्षीय वार्ताबाट सहमति खोज्न उनले सरकारलाई आग्रह गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार