Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कांग्रेस काठमाडौंका सांसदले बुझाए प्रधानमन्त्री देउवालाई ध्यानाकर्षणपत्र

    कांग्रेस काठमाडौंका सांसदले बुझाए प्रधानमन्त्री देउवालाई ध्यानाकर्षणपत्र

    अनलाइन नेपाल
  • मंगलबार, २० मंसिर २०७९
  • 774
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसबाट उम्मेदवार भई काठमाडौंमा निर्वाचित भएका प्रतिनिधि सभा क्षेत्र र प्रदेश सभा सांसदहरूको एक टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित पाँच माग पूरा गर्न ध्यानाकर्षण गराएका छन्।

    नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नं.१ का सांसद प्रकाशमान सिंहसहित आज बालुवाटार पुगेका उनीहरूले मेलम्ची खानेपानी विकास समिति खारेज नगर्न र गर्ने भए वैकल्पिक व्यवस्था गरिहाल्न माग गरेका हुन् ।



    ध्यानाकर्षण पत्रमा लेखिएको छ, ‘केही महिनादेखि सेवा सुविधा नपाएको भनी कर्मचारीले अन्तिममा पानी पठाउन रोकेर आन्दोलन गर्ने तयारी रहेको खबरले महानगरवासी लगायत सम्पूर्ण नागरिक चिन्तित छौं ।



    तत्काल कर्मचारीको माग सम्बोधन गरी पानी काठमाडौं ल्याउने र स्थायीरुपमै पानी ल्याउनका लागि आवश्यक गृहकार्य गम्भीरताका साथ अघि बढाउन ध्यानाकर्षण गराउँदछौं ।’

    हाल हिउँदमात्र काठमाडौं उपत्यकामा वितरण हुँदै आएको मेलम्चीको पानीलाई सधैंभरी निर्वाध रुपमा काठमाडौं उपत्यकामा वितरणको व्यवस्था मिलाउन तत्कालीन र दीर्घकालीन रुपमा गर्नुपर्ने कामका बुँदाहरु उनले ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार