Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बेदुराम भुसाल भन्छन् – दीपक मनाङेबाट सिक्नुपर्छ, विगतलाई हेरेर टिप्पणी गर्नु हुन्न

    बेदुराम भुसाल भन्छन् – दीपक मनाङेबाट सिक्नुपर्छ, विगतलाई हेरेर टिप्पणी गर्नु हुन्न

    अनलाइन नेपाल
  • मंगलबार, २० मंसिर २०७९
  • 732
    SHARES

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव डा. बेदुराम भुसालले गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङउर्फ दिपक मनाङेबाट सिक्नुपर्ने बताएका छन् ।

    मंगलबार काठमाडौंको तिनकुनेस्थित पार्टी केन्द्रिय कार्यालयमा स्वागत गर्दै उनले प्रदेशमन्त्री भएर गुरुङले राम्रो काम गरेको उल्लेख गर्दै त्यसबाट सिकेर अघि बढनुपर्ने बताएका हुन् ।



    महासचिव भुसालले गुरुङले आफ्नो विगतलाई बदलेर राजनीतिलाई जनसेवाको रुपमा अघि बढाउने प्रतिवद्धता जनाएको उल्लेख गर्दै त्यसलाई सकारात्मक रुपमा लिनुपर्ने तर्क गरे ।



    गुरुङको विगतलाई लिएर कतिपयले टिप्पणी गरेको गरेको भन्दै महासचिव भुसालले अब भने वर्तमानमा गरेको कामलाई हेरेर साथ दिनुपर्ने पनि बताए । त्यस अवसरमा उनले गुरुङले वर्तमानमा सिक्न लायक काम गरेको र भविष्यमा पनि राम्रो काम गर्दै जाने विश्वास समेत व्यक्त गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार