Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • विश्वकप लिग-२ : खराव ब्याटिङका कारण नेपाल नामिबियासँग ८६ रनले पराजित

    विश्वकप लिग-२ : खराव ब्याटिङका कारण नेपाल नामिबियासँग ८६ रनले पराजित

    अनलाइन नेपाल
  • बुधबार, २१ मंसिर २०७९
  • 759
    SHARES

    फाइल तस्विर

    काठमाडौं । विश्वकप लिग-२ क्रिकेटअन्तर्गत नामिबियामा जारी शृंखलामा नेपाल घरेलु टोलीसँग पराजित भएको छ । नामिबियाको विन्डहोएक स्थित युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा भएको खेलमा नामिबियासँग नेपाल ८६ रनले पराजित भएको हो ।

    टस हारेर ब्याटिङमा उत्रिएको नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २७५ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपाल ४६.५ ओभरमा सबै विकेट गुमाउँदै १८९ रनमा समेटियो ।



    जितसँगै नामिबिया ३० खेलबाट ३७ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ भने २३ खेलबाट १८ अंक जोडेको नेपाल तालिकाको छैटौं स्थानमा छ।



    जारी सिरिजमा यसअघिको खेलमा नेपालले स्कटल्याण्डसँग ३ विकेटको हार ब्यहोरेको थियो भने नामिबियासँगको अघिल्लो खेलमा वर्षा वाधक हुँदा अंक बाँडेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार