Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • सिरहामा पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु, एक घाइते

    सिरहामा पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु, एक घाइते

    अनलाइन नेपाल
  • शुक्रबार, २३ मंसिर २०७९
  • 549
    SHARES

    फाइल तस्विर

    सिरहा । सिरहामा पिकअपको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । अर्का एक घाइते भएका छन् ।

    लहान नगरपालिका- ३ मा बिहीबार राति भएको दुर्घटनामा धनुषाको जनकपुर उपमहानगरपालिका- २३ का २४ वर्षीय मुकेश साह र २२ वर्षीय विवश खनाल घाइते भएका थिए ।



    घाइते दुवैको धमिनी अस्पतालमा उपचार भइरहेकोमा उपचारकै क्रममा मुकेशको भने मृत्यु भएको हो ।



    बिहीबार राति साढे ११ बजे बा १९ च ६९३२ नम्बरको पिकअपले पैदल यात्रीद्वयलाई ठक्कर दिएको हो ।

    सवारी साधन र चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लहानले जानकारी दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार