Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रमुख निर्वाचन आयुक्त थपलियाले भने – राजनीतिक दलहरूले निर्वाचनमा महिलामाथि विभेद गरे

    प्रमुख निर्वाचन आयुक्त थपलियाले भने – राजनीतिक दलहरूले निर्वाचनमा महिलामाथि विभेद गरे

    कोटा पुर्‍याउन पनि छलकपट नै गरेर उम्मेदवारी दिइयो

    अनलाइन नेपाल
  • शुक्रबार, २३ मंसिर २०७९
  • 690
    SHARES

    काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा महिलामाथि व्यापक विभेद गरेको आरोप लगाएका छन् ।

    निर्वाचन आयोगले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘निर्वाचन व्यवस्थापनमा लैंगिकता र समावेशिता’ विषयक समीक्षा एवं अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख आयुक्त थपलियाले यस्तो बताएका हुन् ।



    उनलेले राजनीतिक दलहरुले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिने काममा महिलाहरुमाथि ठूलो विभेद गरेको बताए ।



    उनले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरुलाई १० प्रतिशत उम्मेदवार पनि नबनाएर राजनीतिक दलहरुले महिलाहरुमाथि राजनीतिक हिंसा गरेको आरोपसमेत लगाए।

    राजनीतिमा महिलाहरूमाथि हिंसा हुन नदिनका लागि सम्बन्धित सबै पक्षलाई सचेत रहन पनि थपलियाले आग्रह गरे ।

    प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनसम्बन्धी कानुन भने अन्य देशको तुलनामा लैंगिक तथा समावेशी रहेको स्मरण गराए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार