Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रमुख निर्वाचन आयुक्त थपलियाले भने – अब कहीँ पनि पुनः मतदान र पुनः मतगणना हुँदैन

    प्रमुख निर्वाचन आयुक्त थपलियाले भने – अब कहीँ पनि पुनः मतदान र पुनः मतगणना हुँदैन

    अनलाइन नेपाल
  • शनिबार, २ पुष २०७९
  • 537
    SHARES

    विराटनगर । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले कुनै पनि क्षेत्रमा पुन निर्वाचन र पुन मतगणना गर्नुपर्ने अवस्था नरहेको बताएका छन् ।

    मंसिर ४ गतेको निर्वाचनको मतपरिणाम प्रतिवेदन प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङलाई बुझाएका थपलियाले शनिबार प्रदेशसभा सचिवालयमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् ।



    निर्वाचन आयोगले निष्पक्ष रुपमा निर्वाचन गरेको दाबी गर्दै उनले पुनः मतगणना र पुनः मतदान गर्न नपर्ने बताए । उनले भने, ‘आयोगले गरेको कुनैपनि निर्णयमाथि पुनरावेदन लाग्छ, अदालतबाट भएको आदेश पालना गर्न आयोग प्रतिवद्ध छ ।



    आजका मितिमा यो निर्वाचनमा कहीँ पनि एउटा मतदान अधिकृतले आफ्नो स्वार्थ सिद्धिका लागि कुनै काम गरेका छैनन्, कुनै सुरक्षाकर्मी चुकेको छैन र कहीँ पनि पुनः मतदान गर्नुपर्ने वा फेरि मतगणना गर्नुपर्ने अवस्था सिर्जना भएको छैन ।’

    निर्वाचनमा खटिएका सबै कर्मचारीले निष्ठापूर्वक काम गरेको उनको दाबी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार