Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रमुख आयुक्त थपलिया भन्छन्- पद, पैसा र प्रलोभनमा निर्वाचन प्रभावित हुुनु हुँदैन

    प्रमुख आयुक्त थपलिया भन्छन्- पद, पैसा र प्रलोभनमा निर्वाचन प्रभावित हुुनु हुँदैन

    अनलाइन नेपाल
  • आइतबार, ७ फाल्गुन २०७९
  • 525
    SHARES

    फाइल तस्विर

    काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले पद, पैसा, पहुँच र प्रलोभनले प्रभावित नभइ निर्वाचन हुनुपर्ने बताएका छन् ।

    आइतबार निर्वाचन दिवस र ७३औँ प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै उनले निर्वाचन पद, पैसा, पहुँच र प्रलोभनले प्रभावित नभइ निष्ठा, विचार, सिद्धान्त र इमानबाट निर्देशित हुनुपर्ने बताएका हुन् ।



    ट्विटमार्फत प्रमुख आयुक्त थपलियाले भनेका छन्, ‘फागुन ७, लोकतान्त्र वालिग मताधिकार र निर्वाचनको निम्ति ऐतिहासिक दिन र गौरव पूर्ण दिवस । निर्वाचनः पद, पैसा, पहुँच र प्रलोभनले प्रभावित नभइ निष्ठा, विचार, सिद्धान्त र इमानबाट निर्देशित हुनुपर्छ भन्ने मान्यता स्थापित गर्ने प्रेरणा प्राप्त होस् । निर्वाचन दिवसको हार्दिक शुभकामना ।‘



    निर्वाचन आयोगले निर्वाचन दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्दै स्थापना दिवस मनाउँदैछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार