Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सामाजिक सञ्जाललाई नियमन र व्यवस्थापन गर्नुपर्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

    सामाजिक सञ्जाललाई नियमन र व्यवस्थापन गर्नुपर्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

    अनलाइन नेपाल
  • बिहिबार, १२ माघ २०७९
  • 402
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई पनि नियमन तथा व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।

    बिहीबार काठमाडौंमा आयोजित ‘आम निर्वाचन २०२२ को मिडिया अनुगमन प्रतिवेदनसम्बन्धि राष्ट्रिय कार्यशाला गोष्ठी’ मा बोल्दै उनले सामाजिक सञ्जाललाई प्रेस काउन्सिल नेपालले आफ्नो दायरामा ल्याएर अनुगमन गर्न सक्छ कि सक्दैन ? भनि प्रश्न समेत गरे ।



    उनले सबै सञ्चारमाध्यमहरूमा प्रकाशित तथा प्रसारित सामग्रीहरू स्वतः आउने गरी सफ्टवेयरको विकास गर्न नेपाल प्रेस काउन्सिलसँग आग्रह गरे । त्यसो गरिँदा अनुगमनको काम गर्न प्रेस काउन्सिललाई सहज हुने उनको भनाइ थियो ।



    प्रमुख निर्वाचन आयुक्त थपलियाले सो सफ्टवेयरलाई हेर्नका लागि प्रेस काउन्सिलले छुट्टै टिम बनाउँदा उपयुक्त हुने सुझाव समेत दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार