Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रमुख आयुक्त थपलियाले भने – एउटा दलको अध्यक्ष अर्को दलबाट सांसद बन्नु नैतिकताको विषय हो

    प्रमुख आयुक्त थपलियाले भने – एउटा दलको अध्यक्ष अर्को दलबाट सांसद बन्नु नैतिकताको विषय हो

    अनलाइन नेपाल
  • बुधबार, २८ मंसिर २०७९
  • 633
    SHARES

    काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले एउटा दलको अध्यक्ष अर्को दलबाट सांसद बन्न पाउने वा नपाउने विषयमा कानुनी प्रष्टता नभएको बताएका छन् ।

    आयोगले बुधबार गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख आयुक्त थपलियाले यस्तो बताएका हुन् । उनले यस्तो विषय सम्बन्धित व्यक्तिको नैतिकतासँग जोडिने बताए ।



    नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल समानुपातिक निर्वाचन पद्धतिबाट नेकपा एमालेको सांसद निर्वाचित भएका छन् ।



    प्रमुख आयुक्त थपलियाले भने, ‘एउटा दलको अध्यक्ष अर्को दलको निर्वाचन चिह्न लिएर चुनाव लड्न र समानुपातिक तर्फबाट निर्वाचित हुन पाउँछ कि पाउँदैन भन्ने विषयमा कानुनमा प्रष्ट छैन, यो नैतिकतासँग जोडिएको विषय हो ।’

    तथापि, यो विषय आगामी दिनका लागि छलफलको विषय बनेको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार