Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • विश्वकपबाट बाहिरिएपछि रोनाल्डोले खोले मुख, भन्छन् – ठूलो सपना साकार पार्न असफल भएँ

    विश्वकपबाट बाहिरिएपछि रोनाल्डोले खोले मुख, भन्छन् – ठूलो सपना साकार पार्न असफल भएँ

    अनलाइन नेपाल
  • आइतबार, २५ मंसिर २०७९
  • 792
    SHARES

    काठमाडौं । विश्वकीर्तिमानी फुटबलर क्रिस्टियानो रोनाल्डोले आफ्नो देश पोर्चुगलप्रतिको आफ्नो समर्पण परिवर्तन नभएको बताएका छन् ।

    कतार विश्वकपमा क्वाटरफाइनलमा मोरक्कोसँग पराजित भएपछि फेसबुकमा लामो स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् । शनिबार राति जारी विश्वकपको क्वार्टरफाइलमा मोरोक्कोसँग १–० ले पराजित भएपछि पोर्चुगल बाहिरिएको थियो । उनले आफ्नो त्यो सपनाको हिजो दुःखद अन्त्य भएको तर आक्रोशित प्रतिक्रिया दिनु उचित नहुने बताए ।



    ‘यसबारेमा धेरै भनिएको छ, लेखिएको छ, अनुमान गरिएको छ, तर पोर्चुगलका लागि मेरो समर्पण परिवर्तन भएको छैन’, रोनाल्डोले लेखेका छन्, ‘अहिलेलाई धेरै भन्नु केही छैन, धन्यवाद पोर्चुगल, धन्यवा कतार । लामो समयसम्मको सपना राम्रो थियो । आशा गरौं कि परिस्थिति सबैको असल मार्गदर्शक हुनेछ र हरेकलाई आफ्नो सपना पूरा गर्ने अनुमति दिनेछ ।’



    यस्तै रोनाल्डोले पोर्चुगलका लागि विश्वकप जित्ने आफ्नो करियरको सबैभन्दा ठूलो र महत्वाकांक्षी सपना भएपनि असफल भएको बताए ।

    ‘मैले धेरै अन्तर्राष्ट्रिय उपाधि जितेँ । तर, आफ्नो देशका लागि विश्वकप जित्ने मेरो सबैभन्दा ठूलो सपना थियो । यसका लागि म धेरै लडेँ । कडा संघर्ष गरेँ । मैले त्यो सपनालाई कहिल्यै छोडिनँ,’उनले भनेका छन्, ‘तर दुःखको कुरा हिजो सपना समाप्त भयो ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार