Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • हर्क साम्पाङलाई दलित आयोगले भन्यो – अभिव्यक्ति सच्याउनुस्

    हर्क साम्पाङलाई दलित आयोगले भन्यो – अभिव्यक्ति सच्याउनुस्

    अनलाइन नेपाल
  • बुधबार, २८ मंसिर २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । राष्ट्रिय दलित आयोगले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईलाई अभिव्यक्ति सच्याउन माग गरेको छ ।

    मंगलवार धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले आफ्नो फेसबूकमा कसैप्रति कटाक्ष गर्दै ‘बल होइन बुद्धि लगा चमारे बुद्धि’ भन्ने अभिव्यक्ति दिएपछि आयोगले अभिव्यक्ति सच्याउनुपर्ने माग गरेको हो ।



    आयोगले कुनै जातप्रति (चमारप्रति) अपमान हुने अभिव्यक्ति दिँदा त्यसको गम्भीर नकारात्मक असर पार्ने भन्दै मेयस साम्पाङलाई त्यो अभिव्यक्ति सच्याइ दलित समुदायप्रति पर्न गएको चोटका लागि आत्मालोचना गर्न अनुरोधसमेत गरेको छ ।



    आयोगले आज बुधवार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जनताको प्रतिनिधि र स्थानीय सरकारको प्रमुखजस्तो गरिमामय पदमा आसिन व्यक्तिले संविधान, प्रचलित मूल्य मान्यता र अन्तर्राष्ट्रिय मानव अधिकारको भावना र मर्म विपरीत चमार समुदायप्रति अपमान गर्नुले समाजमा नकारात्मक असर पर्ने भएकाले आत्मालोचना गर्न अनुरोध गर्दछौँ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार