Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • विराट एक्स्पोको सातौं संस्करण आजदेखि, राष्ट्रपतिले उद्घाटन गर्दै

    विराट एक्स्पोको सातौं संस्करण आजदेखि, राष्ट्रपतिले उद्घाटन गर्दै

    अनलाइन नेपाल
  • बिहिबार, २९ मंसिर २०७९
  • 483
    SHARES

    विराटनगर । सातौं संस्करणको विराट एक्स्पो बिहीबारबाट विराटनगरमा सुरू हुँदैछ ।

    मंसिर २९ देखि पुस ६ गतेसम्म विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पस (पुरानो हवाई फिल्ड)मा सुरू हुन लागेको हो ।



    एक्स्पोको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दिउँसो २ बजे गर्ने भएकी छिन् ।



    उद्योग संगठन मोरङको आयोजनामा हप्तादिनसम्म संचालन हुने एक्स्पोमा ३ सय ६१ वटा स्टल रहने भएको छ । पेभिलियनका ४ वटा स्टल रहने भएको छ ।

    यस्तै प्रायोजकको १०, उद्योग संगठन मोरङ कार्यसमिति परिसरको ३४, औद्योगिक कन्जुमन प्रोडक्टका ७५, कृषि तथा साना घरेलु एवं सूचनामुलक परिसरका ७५, नाडा र अटोमोबाईल परिसरको २० वटा र खाद्य परिसरको १० वटा स्टलहरू रहने भएको छ ।

    आर्थिक एवं औद्योगिक विकासको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउने उद्देश्यका साथ उद्योग संगठन मोरङले ‘विराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी’ आयोजना गरेको हो।

    एक्स्पोको अवलोकनका लागि ३ लाख बढी अवलोकनकर्ताहरू आउने आयोजक समितिले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार