Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • गायिका आस्था राउतलाई अमेरिकी अध्यागमनले फिर्ता पठायो

    गायिका आस्था राउतलाई अमेरिकी अध्यागमनले फिर्ता पठायो

    अनलाइन नेपाल
  • बिहिबार, २९ मंसिर २०७९
  • 1K
    SHARES

    काठमाडौं । गायिका आस्था राउतलाई अमेरिकाले फर्काएको छ । इमिग्रेसनले भिजिट भिषामा अमेरिकामा कार्यक्रम गर्न नमिल्ने र पफमेन्स भिषा लिएर प्रवेश गर्न भन्दै आस्थालाई फर्काएको हो ।

    आस्था भिजिट भिषामा सांगीतिक कार्यक्रमका लागि गत ८ तारिकमा अमेरिका उडेकी थिइन् ।



    अंग्रेजी नयाँ वर्ष २०२३ को छेकोमा पेन्सिलभेनियाको लानकास्टरमा नेपाली समुदायले आयोजना गरेको सांगीतिक कार्यक्रममा भाग लिन आस्था त्यसतर्फ जाँदै थिइन् ।



    आफू अमेरिकाबाट फर्कनु टेक्निकल समस्या रहेको गायिका आस्थाले बताएकी छन् ।

    नेपालकी युवा पप गायिकाको रूपमा चर्चित आस्था राउतको ‘सालको पात टपरी’ उनको पहिलो चर्चित रिमिक्स (समायोजित) गीत हो । ‘झुम्के बुलाकी’, ‘चौबन्दीमा पटुकी’, ‘नाकैमा फुली’ लगायत आस्थाका थुप्रै गीत हिट छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार