Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • राष्ट्रपति भण्डारीद्वारा विराट एक्स्पो उद्घाटन

    राष्ट्रपति भण्डारीद्वारा विराट एक्स्पो उद्घाटन

    अनलाइन नेपाल
  • बिहिबार, २९ मंसिर २०७९
  • 663
    SHARES

    विराटनगर । राष्ट्रपति विद्यादेवी भण्डारीले विराट एक्स्पो उद्घाटन गरेकी छन् ।

    उद्याेग संगठन मोरङकाे आयोजनामा स्थानीय डिग्री क्याम्पसको मैदानमा एक्सपो सुरु भएको छ ।



    प्रदेश नम्बर १ मा उद्याेग तथा व्यावसायिक क्षेत्र चलायमान गराउने उद्देश्यले एक्सपो आयोजना गरिएको संगठनले जनाएको छ ।



    एक्सपोमा उद्याेग, कृषि, व्यापार तथा सेवा क्षेत्रका स्टलहरू राखिएका छन् ‌।

    आर्थिक एवं औद्योगिक विकासको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउने उद्देश्यका साथ उद्योग संगठन मोरङले ‘विराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी’ आयोजना गरेको हो।

    एक्स्पोको अवलोकनका लागि ३ लाख बढी अवलोकनकर्ताहरू आउने आयोजक समितिले जनाएको छ । एक्सपो पुस ६ गतेसम्म चल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार