Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • निर्वाचन आयोगले प्रधानमन्त्रीलाई पनि बुझायो चुनावको अन्तिम प्रतिवेदन

    निर्वाचन आयोगले प्रधानमन्त्रीलाई पनि बुझायो चुनावको अन्तिम प्रतिवेदन

    अनलाइन नेपाल
  • बिहिबार, २९ मंसिर २०७९
  • 561
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न निर्वाचनको अन्तिम परिणामको प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि बुझाएको छ ।

    बिहीवार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।



    आयोगले बुधवार प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको परिणाम सार्वजनिक गरेको थियो। मंसिर ४ गते सम्पन्न भएको निर्वाचनको अन्तिम परिणाम बुधवार मात्रै सार्वजिनक भएको थियो।



    आयोगले बिहीवार नै राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनलाई पनि प्रतिवेदन बुझाएको थियो ।

    प्रतिनिधि सभा र प्रदेश सभाको नतिजा आएसँगै अब ३० दिन भित्र राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको अधिवेशन बोलाउने छिन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार