Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बसको ठक्करबाट साइकलमा सवार विद्यार्थीको मृत्यु, पूर्वपश्चिम राजमार्ग बन्द

    बसको ठक्करबाट साइकलमा सवार विद्यार्थीको मृत्यु, पूर्वपश्चिम राजमार्ग बन्द

    अनलाइन नेपाल
  • शुक्रबार, १ पुष २०७९
  • 747
    SHARES

    फाइल फोटो

    कञ्चनपुर । कञ्चनपुरमा बसको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु भएको छ ।

    शुक्रबार बिहान पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सुडामा दार्चुला जाँदै गरेको ना ७ ख ६५२१ नम्बरको बसले साइकल यात्री कविराज बैजलाई ठक्कर दिएको हो ।



    बसको ठक्करबाट वेदकोट नगरपालिका–६ का बैजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।



    बस चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनाको विरोधमा आक्रोशित स्थानीयले अहिले पूर्वपश्चिम राजमार्ग बन्द गराएका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार