Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कार्यपालिका सदस्यलाई मेयर हर्क साम्पाङले भने – मैले भनेको नमान्ने भए राजीनामा दिनू

    कार्यपालिका सदस्यलाई मेयर हर्क साम्पाङले भने – मैले भनेको नमान्ने भए राजीनामा दिनू

    अनलाइन नेपाल
  • शुक्रबार, १ पुष २०७९
  • 1.2K
    SHARES

    विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले भनेको नमान्ने कार्यपालिका सदस्यहरूलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् ।

    कार्यपालिका बैठक नियमित रूपमा बस्न नसकेपछि उनले आज पत्रकार सम्मेलन गर्दै भनेको नमान्ने कार्यपालिका सदस्यलाई राजीनामा दिन सुझाव दिएका हुन् ।



    बैठकमा बहु साँस्कृतिक पार्क बनाउने विषयमा कार्यपालिका सदस्य अनुप देवानले राय राख्दा मेयर साम्पाङले देवानलाई बाहिर जान भनेका थिए ।



    कार्यपालिका सदस्यलाई बोल्न नै नदिई बाहिर जानु भनेपछि त्यसपछि बैठक बसेको छैन । मेयर र उपमेयरबाहेक अरु कार्यपालिका सदस्यहरूले बैठकमा रायसमेत राख्नबाट वञ्चित गराएको भन्दै मेयरले माफी माग्नुपर्ने माग राखेका छन् ।

    सदस्यहरूले लगातार कार्यपालिका बैठक बहिस्कार गरेपछि साम्पाङले पत्रकार सम्मेलन गरेर उनीहरूलाई राजीनामा दिन आग्रह गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार