Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • गीत विवादित बनेपछि कमला घिमिरेले मागिन् माफी

    गीत विवादित बनेपछि कमला घिमिरेले मागिन् माफी

    अनलाइन नेपाल
  • शुक्रबार, १ पुष २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । बालगायिका कमला घिमिरेले आफ्नो पछिल्लो लाइभ दोहोरी गीत विवादास्पद र आलोचित बनेपछि माफी मागेकी छन् ।

    कमलाले केही दिनअघि गायक सुमन परियारसँग लाइभ दोहोरी गाएकी थिइन्, जसको विषयवस्तु विवादास्पद थियो ।



    कतिपयले समीक्षा अधिकारीलाई चोट दिएको भन्दै सामाजिक सञ्जाल मार्फत गीत बहिस्कारको माग गरेका छन् । बालगायिका घिमिरेको दोहोरीले पीडितलाई थप पीडा दिएको भन्दै चौतर्फी आलोचना भईरहेको छ ।



    छहारी युट्युब च्यानलले चार दिनअघि युट्युबमा अपलोड गरेको यो भिडियोका केही टुक्का अहिले टिकटकमा भाइरल छन् ।

    उमेरले भर्खर टिनएजमा प्रवेश गरेकी कमलासँग सुमनले वयस्क भावमा यो दोहोरी गाएका छन् ।

    यसैबिच फेसबुकमार्फत गायिका घिमिरेले बहिनी र छोरी सम्झिएर आफूलाई माफी दिन आग्रह गरेकी छन् ।

    उनी लेख्छिन्, ‘कुनै प्लान गरेर डलरकै लागि भनेर, सोचेर, सम्झेर, स्क्रिप्ट तयार पारेर र कसैलाइ बर्बादै पार्ने गरी गाइएको गीत होइन ।’ ‘यसबाट पर्न गएको असरप्रति हृदयबाटै माफी माग्छु । सानी बहिनी सम्झिएर माफ गरिदिनुहोला । आइन्दा यस्तो गल्ती हुनेछैन ।’

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार