Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • नेपथ्यको टोली धनगढीमा, कन्सर्टको तयारी अन्तिम चरणमा

    नेपथ्यको टोली धनगढीमा, कन्सर्टको तयारी अन्तिम चरणमा

    अनलाइन नेपाल
  • शुक्रबार, १ पुष २०७९
  • 1.1K
    SHARES

    कैलाली । चर्चित ब्यान्ड नेपथ्यको टोली ‘मानवताका लागि सांगीतिक यात्रा’को क्रममा धनगढी आइपुगेको छ । आइतबार धनगढी उपमहानगरपालिका– १ स्थित कर्भड हलको प्रांगणमा हुने लाइभ कन्सर्टका लागि टोली धनगढी आइपुगेको हो ।

    टोलीमा नेपथ्यका मुख्यगायक अमृत गुरुङसहित अन्य सदस्य छन् । यस्तै मानव सेवा आश्रमको भवन निमार्ण एवं अक्षयकोष स्थापनार्थ आयोजना हुन लागेको नेपथ्य व्यान्डको कन्सर्टको तयारी अन्तिम चरणमा पुगेको छ ।



    शुक्रबार धनगढीमा रहेको मानव सेवा आश्रममा पत्रकार सम्मेलनमार्फत पुस ३ गते हुन लागेको नेपथ्य लाइभ कन्सर्टको तयारी अन्तिम चरणमा पुगेको आश्रमका परिकल्पनाकार रामजी अधिकारीले जानकारी दिए ।



    उक्त कन्सर्ट मंसिर १६ गते विराटनगरवाट सुरु भई, १९ गते वीरगंज, २२ गते हेटौडा, २५ गते चितवन र २९ गते नेपालगञ्जमा सम्पन्न भइसकेको अधिकारीले बताए । धनगढीमा पुष ३ गते हुने कन्सर्ट आश्रमको छैटौं कार्यक्रम भएको मानव सेवा आश्रम कैलालीका अभिभावक शिद्धराज पनेरुले बताए।

    उनका अनुसार धनगढीमा रहेको आश्रमको शाखाले अहिलेसम्म २२१ जनाको उद्वार गरेको छ । कसैले पनि सडकममा वास गर्नु पर्ने अवस्था आउन नदिनका लागि नै यो कन्सटको आयोजना गरिएको पनेरुको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार