Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • बाराही हाइड्रोपावरको आईपीओ बाँडफाँट

    बाराही हाइड्रोपावरको आईपीओ बाँडफाँट

    अनलाइन नेपाल
  • आइतबार, ३ पुष २०७९
  • 609
    SHARES

    फाइल फोटो

    काठमाडौं । बाराही हाइड्रोपावर कम्पनीले लिमिटेडको धितोपत्रको प्रारम्भिक सार्वजनिक निस्काशन (आईपीओ) बाँडफाँट भएको छ ।

    कम्पनीको धितोपत्र निस्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको आइतबार बिहान आईपीओ बाँडफाँट गरेको हो ।



    कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निस्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले सेयर बाँडफाट भएको छ ।



    यसरी बाँडफाँट गर्दा ५१ हजार ५२२ जनाले गोलाप्रथाबाट १० कित्ताको दरले सेयर पाएका छन् । कम्पनीले कुल सात लाख कित्ता सेयर सार्वजनिक निस्काशनको लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृत पाएको थियो ।

    जसमध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि २ लाख ५० हजार कित्ता सेयर छुट्याएको थियो । तर, १ लाख ४ हजार कित्ता सेयरमा निवेदन परेन ।

    उक्त सेयर समेत थप गरी कम्पनीले कुल ५ लाख ५४ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

    जसको ५ प्रतिशत अर्थात २७ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात ११ हजार ८० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको ५ लाख १५ हजार २२० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो । जसमध्ये ५१ हजार ५२२ जनमाले १० कित्ताका दरले सेयर पाएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार