Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • राष्ट्रपति भण्डारीद्वारा नयाँ सरकार गठनका लागि आह्वान

    राष्ट्रपति भण्डारीद्वारा नयाँ सरकार गठनका लागि आह्वान

    अनलाइन नेपाल
  • आइतबार, ३ पुष २०७९
  • 636
    SHARES

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । राष्ट्रपतिले ७ दिनको समय दिएर आइतबार नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् ।

    त्यसका लागि सात दिनभित्र दुई वा दुईभन्दा बढी दलको समर्थन लिएर प्रधानमन्त्रीको नाम दिन राष्ट्रपतिको आव्हान छ ।



    निर्वाचन परिणामसहितको प्रतिवेदन प्राप्त भएकोले संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत नदेखिएको अवस्थामा धारा ७६ को उपधारा (२) बमोजिम राष्ट्रपतिबाट सरकार गठन प्रक्रियाका लागि आव्हान भएको हो ।



    राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ , ‘प्रधानमन्त्री नियुक्त गर्नका लागि नेपालको संविधानको धारा ७६ को उपधारा -१० बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले नेपालको संविधानको धारा ७६ को उपधारा -२० बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने

    दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री नियुक्त गर्नका लागि मिति २०७९ ।९।१० गते आइतबार १७ बजेभित्र दावी पेश गर्न सम्माननीय राष्ट्रपतिज्यूबाट आह्वान भएको व्यहोरा अनुरोध छ ।’

    उक्त धाराअनुसार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नका लागि पुस १० गते आइतबार अपरान्ह १७:०० बजेभित्र दाबी पेस गर्न राष्ट्रपतिबाट आव्हान भएको शीतल निवासले विज्ञप्ति निकालेर जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार