Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एक पटक मन्त्रीको अनुभव समेट्न चाहन्छु : शशांक कोइराला

    एक पटक मन्त्रीको अनुभव समेट्न चाहन्छु : शशांक कोइराला

    अनलाइन नेपाल
  • आइतबार, ३ पुष २०७९
  • 657
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले एक पटक मन्त्री भएर काम गर्न चाहेको बताएका छ्न् ।

    पार्टीको संसदीय दलको नेतामा आकांक्षा देखाएका कोइरालाले आइतबार केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि यस्तो बताएका हुन् ।



    उनले भने, ‘संसदीय दलमा ३/४ जना आकांक्षी हुनुहुन्छ । मेरो पनि चाहना हो । तर यसपटक म उम्मेदवार छैन । मैले पहिले संसदीय दलको नेतामै दाबी गरेको हुँ ।



    तर परिस्थिति हेरेर पछि हट्ने निर्णयमा पुगेको छु । म अहिलेसम्म एक पटक पनि मन्त्री भएको छैन । म एक पटक मन्त्रीको अनुभव समेट्न चाहन्छु ।’

    उनले संसदीय दलको नेतामा धेरै जनाको दाबी भएपछि आफू त्यसको दौडबाट पछि हटेको बताए ।

    उनले संसदीय दलमा दाजु शेखर कोइराला र सभापति शेरबहादुर देउवा दुवै उम्मेदवार भए आफूलाई असहज हुने, तर दाजु उम्मेदवार नभए देउवालाई समर्थन रहने समेत बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार