Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • तत्काल सन्यास नलिने मेसीको संकेत, भन्छन् – विश्वच्याम्पियनको जर्सीमा खेल्न चाहन्छु

    तत्काल सन्यास नलिने मेसीको संकेत, भन्छन् – विश्वच्याम्पियनको जर्सीमा खेल्न चाहन्छु

    अनलाइन नेपाल
  • सोमबार, ४ पुष २०७९
  • 645
    SHARES

    काठमाडौं । अर्जेन्टिनी कप्तान लियोनल मेसीले सन्यास लिने कुनै योजना नरहेको स्पष्ट पारेका छन् ।

    आइतबार जितपछि पत्रकार प्रतिक्रिया दिँदै मेसीले अझै केही खेलमा आफू विश्वविजेताका रुपमा खेल्न चाहेको बताएका हुन् ।



    सन्यासबारे सोधेको प्रश्नमा मेसीले भने, ‘होइन, म राष्ट्रिय टोलिबाट सन्यास लिने छैन। अर्जेन्टिनाको जर्सीमा विश्वच्याम्पियनको रुपमा खेलिरहन चाहन्छु।’



    यसअघि यो विश्वकप आफ्नो अन्तिम हुने बताएका मेस्सीले विश्वकपसँगै सन्यास लिन सक्ने अनुमान गरिएको थियो । ती अनुमानविपरीत मेस्सीले अझै खेल्ने बताएका हुन् । तर उनले आगामी विश्वकप भने नखेल्ने बताएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार