Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • लियोनल मेसी भन्छन् – अन्तर्राष्ट्रिय खेलबाट सन्यासबारे अझै सोचेको छैन

    लियोनल मेसी भन्छन् – अन्तर्राष्ट्रिय खेलबाट सन्यासबारे अझै सोचेको छैन

    अनलाइन नेपाल
  • बुधबार, २७ असार २०८०
  • 663
    SHARES

    एजेन्सी । अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट अझै कति समय खेल्ने भन्नेबारे आफूलाई थाहा नभएको बताएका छन्।

    गत जुनमा पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट छुटेपछि इन्टर मियामीबाट पहिलो पटक खेल्ने तयारी गरिरहेका बेला उनको यो टिप्पणी आएको हो।



    अर्जेन्टिनाको टेलिभिजनमा प्रशारण भएको एक अन्तर्वार्तामा ३६ वर्षीय मेसीले भने, ‘तार्किक रुपमा मेरो उमेरका कारण यो (सन्यास) धेरै टाढा हुनेछैन।



    त्यो क्षण कहिले आउँछ मलाई ठ्याक्कै थाहा छैन। म दिनदिनै चीजहरू लिइरहेको छु र हामीले अनुभव गरिरहेका यी सबै कुराहरूको आनन्द लिइरहेको छु।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार