Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • इन्टर मियामी लिग कपको फाइनलमा, लगातार छैटौं खेलमा पनि मेसीको गोल

    इन्टर मियामी लिग कपको फाइनलमा, लगातार छैटौं खेलमा पनि मेसीको गोल

    अनलाइन नेपाल
  • बुधबार, ३१ साउन २०८०
  • 732
    SHARES

    एजेन्सी । इन्टर मियामी लिग कपको फाइनलमा प्रवेश गरेको छ । कप्तान लिओनल मेसीले आफ्नो लय कायम राख्दै लगातार छैटौं खेलमा गोल गर्दा मियामी उपाधि नजिक पुगेको हो ।

    बुधबार बिहान भएको सेमिफाइनलमा इन्टर मियामीले फिलाडेल्फिया युनियनलाई ४-१ ले पराजित गरेको हो ।



    चेस्टरस्थित सुबरु पार्कमा भएको खेलमा इन्टर मियामीका लागि मेसीसँगै जोसेफ मार्टिनेज, जोर्दी अल्वा र डेविड रुइजले गोल गरे ।



    फिलाडेल्फियाका लागि अलेजान्द्र बेडयाले एक गोल फर्काए । इन्टर मियामीले अब उपाधिका लागि मोन्टेरे र नासभिल एससीबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार