Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • लियोनल मेसीमाथिको निलम्बन फुकुवा, प्रशिक्षणमा फर्किए

    लियोनल मेसीमाथिको निलम्बन फुकुवा, प्रशिक्षणमा फर्किए

    अनलाइन नेपाल
  • सोमबार, २५ बैशाख २०८०
  • 543
    SHARES

    काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले आफ्ना स्टार खेलाडी लियोनल मेसीमाथिको निलम्बन फुकुवा गरेको छ ।

    पीएसजीले क्लबसँग स्वीकृति नलिई साउदी अरबको भ्रमण गरेको भन्दै गत बुधबार यी अर्जेन्टिनी स्टारलाई दुई साताका लागि निलम्बन गरेको थियो ।



    त्यसपछि मेसीले गत शुक्रबार एक भिडियो सन्देश जारी गर्दै आफ्नो गल्तीका लागि पीएसजीसँग माफी मागेका थिए ।



    मेसीले माफी मागेपछि पीएसजीले उनको निलम्बन फुकुवा गरेको हो । मेसी क्लबको नियमित प्रशिक्षणमा पनि फर्किएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार